• जीवनशैली | Jiwanshaili
  • मुल्यबृद्धिको विरोधमा विद्यार्थीहरू(फाेटाेफिचर)


    पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । काठमाण्डौँको त्रिचन्द्र क्याम्पस अगाडी नवविसंको अगुवाइ सरकारको विरोध गरेको हो । विद्यार्थीहरूले सरकारको विरुद्धमा नारा लगाएका थिए । ओली सरकारको एउटै मिसन हरेक कुरामा कमिसन तथा ओली सरकारको उपहार, हत्या,हिंसा,बलात्कार जस्ता ब्यानरहरू प्रदर्शनकारीले बोकेका थिए ।

    यसै वीच संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन भन्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार आयल निगमको कार्यालय पुगेर विद्यार्थीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै निगमलाई ७२ घण्टे अल्टिमेटम समेत दिएका छन् ।

     

    नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अखिल, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँका विद्यार्थीहरू निगमको कार्यालय पुगेका हुन्।

     

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस