सवारी दुर्घटनामा मृत्यु
मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ५० वर्षीय ताराकान्त झाको सवारी दुर्घटनामा परी आज मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी घाइते भएका उनिलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएको थियो । अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भन्दै उहाँलाई न्यूरो अस्पताल विराटनगरमा सिफारिश गरेको थियो । न्यूरोमै उपचारका क्रममा उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक झा सवार मे२प २५२५ नंको मोटरसाइकलले भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गर्दा सडकमा रोकी राखेको ना३ख ८५४२ नंकोे ट्रकलाई बुधबार राति ठक्कर दिँदा घाइते भएका थिए । झा सवार मोटरसाइकले सो ट्रकमा सामान लोड गर्दै गरेका चालक बुद्धशान्ति गाउँपालिका–१ होक्से निवासी ३५ वर्षीय कमल ढुङ्गेललाई समेत ठक्कर दिँदा घाइते हुनुभएको छ । उनको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस