• जीवनशैली | Jiwanshaili
  • नायिका जेनी कुँवरले गरिन् आत्महत्या


    नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाण्डुको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनको शव भेटिएको हो । घटनाबारे मुचुल्का तयार पार्ने काम भैइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको खुलेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले बताए । ‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरले कानून, अभिमन्यू, विन्तिपत्र, मैदान, जीननदाता, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।

    पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् । पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए ।

    प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो ।

    आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । ६ महीना बिपस्यानामा बसेकी जेनीको मा’नसिक अवस्था पनि कमजोर भएको थियो । प्र’हरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस