मरे चार हजार कुखुरा
नौमुले गाउँपालिकामा रानीखेत रोगका कारण चार हजारभन्दा बढी कुखुरा मरेका छन् । गाउँपाललिकाको वडा नं १, २, ३, ४, ५, ६ मा चार हजार कुखुरा मरेको अरु थप मर्न थालेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणबाट रानीखेत रोग प्रमाणित भएको हो ।
स्थानीयवासीले मिहिनेत गरेर पालेका कुखुरा धमाधम मर्न थालेपछि नौमुले गाउँपालिका पशु सेवा शाखामा कार्यरत शाखा प्रमख खगेन्द्र न्याउपानेले बताउनुभयो । उहाँले ज्वाला भेरी कर्णाली पञ्चकोशी एग्रोफरेस्टी प्रालि लिमिटेडले स्थानीयवासीलाई झुक्काएर गाउँपालिकासँग सम्र्पकै नगरी अवैधानिक ढङ्गले रोगी कुखुरा बेचिएकाले समस्या आएको बताउनुभयो । अहिले स्थानीय कुखुरालगायत अन्य पशुपक्षी मरेका छन् ।
पशु सेवा कार्यालय तथा पशु अस्पताल दैलेखका निमिक्त कार्यालय प्रमुख भीमबहादुर विष्टले रानीखेत विषाणु रोग भएकाले बाहिरबाट रोग लागेका कुखुरा ल्याएर स्थानीयलाई वितरण गरिएका कारण रोग फैलिएको बताउनभयो । उहाँले अब परीक्षणमा ढिलाई गर्नुहँुदैन, रोग फैलिएको क्षेत्रबाट कुनै पनि पशुपक्षी अन्यत्र ओसारपसार नगर्ने र बिरामी नभएका कुखुरालाई रोकथामको लागी खोप लगाएपछि मात्र रानीखेत नियन्त्रणमा आउने बताउनुभयो । नौमुले गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले कुखुरा मरेका भन्ने खबर आएकाले वितरण गर्ने कम्पनी तथा व्यक्तिलाई छानविन गरी कारवाही गरिने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस