खोटाङका ८६ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता
भूकम्प गएको छ वर्ष बित्दा खोटाङका ८५.५ प्रतिशत लाभग्राहीले तेस्रो किस्तावापतको अनुदान रकम बुझेका छन् । पुनःनिर्माणतर्फ नौ हजार ३१० र प्रबलीकरणतर्फ ९७१ गरी १० हजार २८१ घर लाभग्राही रहेको जिल्लामा आठ हजार ३३७ अर्थात् ८५।९५ प्रतिशत लाभग्राहीले मात्र हालसम्म निजी आवास अनुदानवापत तेस्रो किस्ता रकम बुझेका हुन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार०को कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा हालसम्ममा पुनःनिर्माणतर्फ नौ हजार ६८ र प्रबलीकरणतर्फ ७८५ गरी नौ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएको जनाइएको छ । सम्झौता गरिएकामध्ये हालसम्म पुनःनिर्माणतर्फ नौ हजार ४७ ९९१।८१ प्रतिशत० लाभग्राहीले दोस्रो किस्ता बुझेको जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा पुनःनिर्माणतर्फ नौ हजार ६८ घर र प्रबलीकरणतर्फ ७८५ गरी नौ हजार ८५३ ९९५।८३ प्रतिशत० लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका सूचना अधिकारी मणिराम ढकालले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछिको पुनःनिर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ६५२ लाभग्राहीले दोस्रो किस्ता र ७१० लाभग्राहीले तेस्रो किस्ता लिएका छैनन् ।
कूल लाभग्राहीमध्ये पुनःनिर्माणतर्फ २४२ र प्रबलीकरणतर्फ १८६ लाभग्राहीले हालसम्म सम्झौता नै नगरेको जनाइएको छ । निजी आवास पुनःनिर्माणका क्रममा खोटाङमा एक जना लाभग्राहीले पहिलो किस्तावापतको रु ५० हजार अनुदान फिर्ता गरेका छन् । यस्तै दोहोरो भुक्तानी लिएका तीन लाभग्राहीले रु एक लाख ५० हजार फिर्ता गरेको छन् । प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १५३ लाभग्राहीमध्ये ११५ लाभग्राहीको रु ६० लाख अनुदान फिर्ता गरिएको जनाइएको छ ।
पुरानो प्रावधानअनुसार प्राधिकरणबाट १७ र हालको प्रावधानअनुसार ५१३ लाभग्राहीलाई प्रबलीकरणबाट पुनःनिर्माण लाभग्राहीमा परिवर्तन गरिएको छ । भूमिहीन लाभग्राही पाँचमध्ये चार जनालाई जग्गा खरिदका लागि रु दुई÷दुई लाख प्रदान गरिएको र जोखिम वर्गका ३९ लाभग्राहीमध्ये ३७ जनासँग सम्झौता गरिएको जनाइएको छ ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदानमा कालोपत्रका काम भइरहेको दिक्तेल–खानीडाँडा–आहाले सडकको प्रगतिका विषयमा जानकारी दिइएको छ । थप भएको म्याद गत वैशाख २९ गते सकिएको सडकको हालसम्म ६० प्रतिशतमात्र प्रगति भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले जानकारी दिएका छन् ।
पुनःनिर्माणअन्तर्गत हाल जिल्लामा तीनवटा गुम्बा पुनःनिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित थेकछोक मेन्ट्रोल साम्ताङ छोलिङ गुम्बा र ऐँसेलुखर्क गाउँपालिकास्थित बुद्ध छोलिङ गुम्बा निर्माणका लागि सम्झौता भइसकेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस