खोलाले बगाएका नेपाली मृत फेला
खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरेखोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।
बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन । आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस