फाइजरले भन्यो: दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्छ
एजेन्सी । अमेरिकी खोप निर्माता कम्पनी फाइजरले आफूले बनाएको कोरोना भाइरस विरूद्धको तेस्रो खोपका लागि अनुमति माग्ने भएको छ ।
कोरोनाविरुद्धको पहिलो र दोस्रो खोप लगाएकाहरुले बुस्टर डोज अर्थात तेस्रो डोज लगाउनु पर्ने फाइजरको भनाइ छ । तेस्रो खोपका लागि फाइजरले अर्को महिना अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएमा निवेदन दिने भएको छ । तेस्रो डोज नलगाए फाइजरका दुवै डोज लगाएकाहरूमा ६ महिनापछि फेरि सङ्क्रमण हुन सक्ने सम्भावना रहेको जनाएको छ ।
कोरोनाको डेल्टा भेरियन्टको नियन्त्रणका लागि पनि बुस्टर डोज लगाउनु पर्ने फाइजरको भनाइ छ । तर, विज्ञले भने बुस्टर डोजको आवश्यकतामाथि प्रश्न उठाएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस