अमेरिकाले १५ लाख डोज खोप नेपाल पठाउँदै
काठमाडौं । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप शुक्रबार नेपाल पठाउँदैछ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उद्धृत गर्दै रोयर्टसले जनाएअनुसार नेपालका साथै अमेरिकाले भुटानलाई पनि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ ।
विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति जो बाइडेनको घोषणा अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको जनाइएको छ । अमेरिकाले एशियाली मुलुकहरू फिलिपिन्स, भेतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवा न्यू गिनी र कम्बोडियालाई पनि कोरोना विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपालमा सुरक्षितपूर्वक खोप पुर्याउन वैज्ञानिक समूह, कानूनी टीम र अधिकारीहरुले मिलेर काम गरिरहेको ह्वाइट हाउसका अधिकारीले बताएको रोयटर्सले जनाएको छ । अमेरिकाले खोप पठाउँदै गर्दा सरकारी अधिकारीहरूले भने यसबारे पूर्ण जानकारी प्राप्त नभएको बताएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीले खोप आउने मिति भने यकिन नभएको बताए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस