नुवाकोटमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पुष्टि
नुवाकोट । नुवाकोटमा कोरोना भाइरसको डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ ।
त्रिशुली अस्पतालले विज्ञप्ति जारी गर्दै अतर्राष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङका लागि पठाइएकोमा तीनवटा नमुनामा डेल्टा र बाँकी एउटा नमुनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको जनाएको छ । अस्पतालले डेल्टा प्लस भेरियन्ट अन्य भेरियन्टभन्दा ६० देखि शत प्रतिशतभन्दा बढी संक्रामक रहेको अनुसन्धानले पुष्टि गरेको जनाएको छ ।
यो भेरियन्टबाट बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उच्च संक्रमण र फोक्सोमा बढी असर पार्नसक्ने तथा डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको अस्पतालले जनाएको छ । अस्पतालको सूचना देखेर नआत्तिन र जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस