संरक्षित वन्यजन्तुको छालासहित दुई पक्राउ
संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित दुईलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित पिपलबोटबाट पक्राउ पर्नेमा यहाँस्थित गोठाटार बस्ने २८ वर्षीय सविन तामाङ र रामेछाप लिखु गाउँपालिका–५ नागदह घर भई भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हितबहादुर मगर रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट संरक्षित वन्यजन्तुको छाला र सालकको छाला तथा खपेटा बरामद गरिएको व्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि आजै डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा पठाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार उक्त कसुर प्रमाणित भएमा पाँचदेखि १५ वर्ष कैद तथा पाँच लाखदेखि १० लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस