फरक फरक घटना परी दुई जनाको मृत्यु चितवनमा
जिल्लामा दुई फरक फरक घटनामा दुई जनाको मृत्यु भएको छ । खोलामा पौडीखेल्ने क्रममा डुबेर एक जना र कारले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज राप्ती नगरपालिका–३ झुरझुरेस्थित पूर्वपश्चिम राजमार्गमा भण्डाराबाट हेटौँडातर्फ जाँदै गरेको बा १९ च ७९८६ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेका दुई वटा स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परी प्रदेश ३–००२ प ६४८३ नम्बरको स्कुटरमा पछाडि सवार खैरहनी नगरपालिका–१२ का पाँच वर्षीय आरुष अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी सोही स्कुटरका चालकका बुबा ३५ वर्षीय राजकुमार अधिकारी, प्रदेश नं। ३–००३ प ६८८८ नम्बरको स्कुटर चालक रत्ननगर नगरपालिका वडा नं १५ का १८ वर्षीय निशान भट्टराई र सोही स्कुटरमा सवार वर्ष २० का सन्तोष पोखरेल घाइते हुनुभएको छ । उनीहरुको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
यसैगरी माडीको रिउ खोलामा पौडी खेल्ने क्रममा डुबेर अर्का एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको खर्कुनाथ गाउँपालिका घर भएका २१ वर्षीय हिकमत शाही रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
कार्यालयका अनुसार माडी नगरपालिका–६ मा रहेको दिवाकर स्मृति प्राविधिक विद्यालयमा अध्ययनरत उनी आज रिउ खोलामा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका शाहीको शव माडी नगरपालिका–३ स्थित रिउ खोलामा भेटिएको हो । साथीसँग पौडी खेल्न गएका उनको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस