अफगानिस्तानमा १०९ तालिबान लडाकु मारिए
एजेन्सी । अफगानिस्तानमा १०९ तालिबान लडाकुहरु मारिएका छन् ।
देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो । सो घटनामा अरु आठजना घाइते भएका थिए ।
शुक्रबार बिहान लडाकुहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । त्यसैगरी, हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकुको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन् ।
अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ । लगातारका ठूला–ठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौँको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी, लाखौँ अफगानीहरु विस्थापित भएका छन् ।
लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहे पनि अन्त्य हुन भने सकेको छैन ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस