• जीवनशैली | Jiwanshaili
  • अमेरिकाले दिन लागेको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने


    काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिन लागेको १५ लाख डोज कोरोनाविरुद्धको खोप आगामी सोमबार बिहान काठमाडौँ आइपुग्ने भएको छ ।

    कोभ्याक्स संयन्त्रमार्फत अमेरिकाले नेपाललाई डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउन लागेको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले अमेरिकाले दिएको १५ लाख डोज खोप सोमबार बिहान नेपाल आइपुग्ने जानकारी दिएका हुन् । जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ ।

    गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन ८ करोड डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस