सामसङ ग्यालेक्सी ए २२ नेपालमा, कति छ मूल्य ?
काठमाडौं । नेपाली बजारमा सामसङको ग्यालेक्सी ए २२ स्मार्टफोन सार्वजनिक भएको छ ।
६.४ इन्च इन्फिनिटी यु डिस्प्ले भएको फोनमा रियर क्वाड क्यामेरा छन् । फोनमा ९० हर्जको रिफ्रेस रेट राखिएको छ । ग्यालेक्सी ए २२ मा ६४ मेगापिक्सेल मेन क्यामेरासहित ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेल म्याक्रो लेन्स र २ मेगापिक्सेल डेप्थ लेन्स छन् । फोनमा सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामेरा राखिएको छ ।
नेपाली बजारमा ग्यालेक्सी ए २२.६ जीबी र्याम र १२८ जीबी स्टोरज भेरियन्टमा उपलब्ध भएको छ । १५ वाट फास्ट चार्जिङ सुविधा रहेको ग्यालेक्सी ए २२ मा ५ हजार एमएएचको ब्याट्री रहेको छ । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए २२ को मूल्य २७ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस