• जीवनशैली | Jiwanshaili
  • चितुवाको आक्रमणबाट ११ भेडा मरे


     

    जङ्गलबाट बस्तीमा छिरेको चितुवाको आक्रमणबाट जिल्लाको मध्यविन्दुका एक जना किसानको भेडा गोठ नै रित्तिएको छ । मध्यविन्दु–१ अभियनकी कृषक मनकुमारी महतोले गोठभित्र थुनेको १५ भेडामध्ये ११ वटा भेडा चितुवाको आक्रमणबाट मरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले चितुवाको आक्रमणबाट गोठमा रहेका अन्य चारवटा भेडा गम्भीर घाइते भएका बताए ।

    चितुवाको आक्रमणबाट भेडा गोठ नै रित्तो भएपछि महतो पीडामा छिन् । स्थानीय गणेश महतोले चितुवाको आक्रमणबाट रु दुई लाखभन्दा बढीको क्षति भएको बताउनुभयो । कच्ची गोठ भएकाले सजिलैसँग चितुवा गोठभित्र छिरेर भेडालाई आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस