छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
ओखलढुंगा– दुई जना १० वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका(२ पुलामी टोलस्थित चण्डेश्वरी ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ३० वर्षीय करण राईलाई पक्राउ गरेको हो ।
झापा शिवसतासी नगरपालिका-८ झिलझिले घर भएका राईले ती छात्रालाई गत बिहीबार स्कुल गएको अवस्थामा कक्षा कोठाभित्र यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेको छ ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस