सिर्दिबासमा १५० क्विन्टल चामल पुग्यो
सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पु¥याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्ग समेत अबरुद्ध भएपछि ती क्षेत्रमा खाद्यन्न लगिइएको हो । खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टर मार्फत् चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । उनका अनुसार अनुदानका चामल सिर्दिबास पु¥याइएको हो ।
प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलको समन्वयमा दुई दिन लगाएर शनिबार साँझसम्ममा चामल सिर्दिबास डिपोमा पु¥याइएको उनले बताए । जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासन्दिलाई सहुलियतमा चामल उपलब्ध गराउदै आएको छ ।
“बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाएर दुई दिन गरेर चामल पठाइएको छ ”, सूचना अधिकारी सुनारले भने, “मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पु¥याउन सम्भव भएको हो ।”
पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पु¥याएर सुरक्षित भण्डारण गरिएको उनले बताए। कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा ३ हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा गत जेठको अन्तिम सातादेखि नै अबिरल बर्षा शुरु भएपछि चामल लैजान सकेको थिएन् । हेलिकप्टर मार्फत डिपोमा पु¥याइएको चामल अरुवा मन्सुलीप्रति किलो ५० रुपैयाँ ३० पैसामा बिक्री गर्ने सिर्दीबास डिपोले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस