• जीवनशैली | Jiwanshaili
  • विश्व जनसंख्या दिवस: आप्रवासनले जनसंख्या वृद्धिमा असर


    काठमाडौं । विश्व जनसंख्या दिवस आज नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै ।

    सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अर्ब पुगेको अवसरमा सयुक्त राष्ट्र संघको ‘पपुलेसन समिट’ले यो दिवस मनाउने घोषणा गरेको थियो । सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने विश्व जनसंख्या दिवस मनाउन थालिएको थियो । यस वर्ष सन् २०२१ मा ऋइख्क्ष्म् बलम द्यभथयलम भन्ने नाराका साथ जनसंख्या दिवस मनाइँदैछ ।

    हाल विश्वमा करिब ८ अर्बभन्दा धेरै जनसंख्या रहेको राष्ट्र संघको एक अध्ययनले देखाएको छ । नेपालमा हाल राष्ट्रिय जनगणनाको काम भइरहेको छ । ६ दशकयता विश्वको जनसंख्यामा ‘ग्लोवल माइग्रेशन’ले ठूलो प्रभाव पार्न थालेको छ ।
    अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) का अनुसार शिक्षा, रोजगारीको अवसर र अन्य सुविधाको खोजीमा ठूलो जनसंख्या तेस्रो देश ओहोरदोहोर गर्न थालेका छन् । प्रविधिको विकास भएसँग १ देशदेखि अर्को देश व्यापार व्यवसाय, रोजगारी र अध्ययनमा गएका मानिस बसाइ सर्ने गरेको आइओएमको विभिन्न तंथ्याकमा देखाउँदै आएको छ ।

    मासिक ५ करोड स्थानान्तरण

    व्यापार व्यवसाय, रोजगारी र शिक्षाको खोजीमा वार्षिक साढे १ अर्ब करोडभन्दा धेरै मानिस एक देशदेखि अर्को देश जाने गरेका अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)को विभिन्न अध्ययनमा भनिएको छ । विगत केही दशकयता अध्ययनसँगै रोजगारी र वैदेशिक रोजगारीको खोजीमा बसाइ सर्ने जनसंख्या धेरै भएको आइएलओले औल्याउँदै आएको छ ।

    रोजगारीको खोजीमा विदेशिने श्रमिक र अध्ययनका लागि अन्य देश जाने पारिवारका कारण पनि बसाइसराई दिनप्रतिदिन बढिरहेको आइएलओका विभिन्न प्रतिवेदनमा भनिएको छ । वार्षिक २२ करोड जनसंख्या रोजगारीको खोजीमा एक देशदेखि अर्को देशमा जाने गरेका आइएलओको प्रतिवेदनहरूमा उल्लेख छ ।
    दैनिक विश्वभर शिक्षा, रोजगार र अन्य अवसरको खोजीमा वार्षिक ५ करोडभन्दा धेरै जनसंख्या स्थानान्तरण हुने अनुमान आइएलओले गरेको छ । यो आन्तरिक र बाह्य आउने जाने जनसंख्या हो ।

    आप्रवासी जनसंख्या विश्वमा चुनौती

    विश्वका विकसित देशलाई आप्रवासी जनसंख्या चुनौतीका रूपमा देखा परिरहेको छ । विगत केही वर्ष यता युरोपका देश र अमेरिका पयालन हुने विदेशी नागरिकको संख्या बढ्दो छ । जसका कारण युरोपका देश र अमेरिकालाई आप्रवासी व्यवस्थापन गर्ने समस्या भइरहेको छ । विदेशी नागरिकको चाप बढदै गएपछि यी देशले आप्रवासनको समाधान खोजिमा छन् ।

    आप्रबासीको सर्वाधिक रोजाईमा परेका देश अमेरिका र युरोपियन देशलाई बाहिरबाट जाने नागरिकको व्यवस्थापन गर्न ठूलो समस्या उत्पन्न भएको छ । शिक्षा, रोजगार र अन्य सुविधाको खोजीमा वार्षिक १० करोडभन्दा धेरै जनसंख्या अमेरिका र युरोपका विभिन्न देश विदेशी नागरिक प्रवेश गदै आएको आइओएमको प्रतिवेदनमा छ । यसरी अवैध बाटो भएर अमेरिका र युरोप देश जान्न खोज्दा धेरैले ज्यान समेत गुमाउने गरेका छन् ।

    पछिल्लो समय एसियाली देश र अफ्रिकी मुलुकमा बसाईसराइले जनसंख्यामा ठूलो प्रभाव परिरहेको छ । युरोप तथा अमेरिकी आकर्षणले एसियाली मुलुकको जनसंख्या घट्दो अवस्थामा छन् । असुरक्षित बसाई सराइका कारण धेरै मानिसको ज्यान समेत जाने गरेको छ । मेक्सिकोबाट अमेरिका जाने क्रममा रहेका धेरै आप्रवासीको निधन भएका समाचार धेरै बाहिर आएका छन् ।

    अमेरिका जाने आशामा ज्यान गुमाएका हृदयविदारक तस्वीर सामाजिक सञ्जालमा भेटिन्छन् । एसियाली राष्ट्र जस्तै अफ्रिकी राष्ट्रपनि बसाईसराईको चपेटामा परेका छन् । ठूलो सपना देखेका शिक्षित र योग्य मानिस विकसित राष्ट्र बसाई सर्नेक्रम बढेको युवाका क्षेत्रमा काम गर्ने ‘एसिया युथ’ले गरेको अध्ययनमा देखिएको छ ।

    कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड रोजगारी जोखिम

    कोरोना भाइरसका कारण कारण अर्थतन्त्र कमजोर हुँदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौती गरिरहेका छन् ।

    अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी गुम्ने जोखिम रहेको एक प्रतिवदेन सावजनिक गरेको थियो । कोरोना भाइरसका पूर्ण या आंशिक रुपमा करिव २ अर्ब ७० करोड कामदार प्रभावित भइसकेको उल्लेख छ । कोेरोना भाइरसका कारण विश्वको तथ्याङ्क हेर्दा काम गर्ने समग्र जनशक्तिको ८१ प्रतिशत रोजगारीको जोखिम रहेको प्रतिवेदन भनिएको छ । विश्वमा कोरोना भाइरसका कारण ठूलो संख्यामा आप्रवासी श्रमिक रोजगारीबाट वञ्चित हुने अनुमान प्रतिवेदनमा भनिएको छ ।

    नेपालको ठूलो जनंसख्या रोजगारीको खोजीमा खाडीका देश, मलेसिया, अफ्रिका, युरोप र अमेरिका जाने गरेका छन् । जसका कारण पनि नेपालको जनसंख्यामा ठूलो असर परिरहेका छ । कोरोना भाइरसका कारण ३० लाखभन्दा धेरै नेपाली बेरोजगार हुने सरकारी अनुमान छ । वैदेशिक रोजगारीमा गएका र आन्तरिक श्रम बजारमा काम गर्ने धेरै श्रमिक कोरोना कारण बेरोजगार हुँदै छन् । नेपालमा वार्षिक ४ लाख घरपरिवार एक स्थानदेखि अर्को स्थानमा बसाइसराइ सर्ने गरेको केन्द्रीय तंथ्याक विभागले जनाएको छ । नेपालको जनसंख्यामध्ये आधा करोडभन्दा धेरै जनसंख्या बाहिरिएका छन् । नेपालबाट वार्षिक १ हजारभन्दा धेरै परिवार विदेश बसाइ सर्ने गरेका छन् ।

    आप्रवासनले जनसंख्या वृद्धिमा असर

    आप्रवासनका कारण मानिसले बच्चा जन्माउन छाडेका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    विकसित मुलुकहरूमा आफ्नो खस्कदो जनसंख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सिर्जना गरिरहेको छ । मान्छेहरू बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रर्वतनमा लागि परेका छन् । जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयुक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाँउमा छ ।

    तर विकास अनि समृद्धिका लागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने हो । आप्रवासनमा गएका नागरिक धेरै समय तेस्रो मुलुकमा बस्दा पनि जनसंख्यामा असर पर्दै गएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस