• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव


    जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।

    चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उहले भन्नुभयो, “२०७५ जेठ महिनादेखि डा रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४सै घण्टा प्रवाह हुने गरेको छ । स्वास्थ्य केन्द्रको उन्नति र प्रगतिका लागि सबै कर्मचारीको साथ सहयोग रहेको भण्डारीले बताए ।

    सिनियर अनमी मेनुका देवकोटाले दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा प्रवाह नभएको बताउनुभयो । गर्भपतन गराउने आएपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गर्ने गरिएको देवकोटाले जानकारी दिनुभयो ।

    अघिल्लो वर्ष ८४ सुत्केरीले स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । यस वर्ष ७८ ले सेवा लिएका छन् । यहाँ एक दिनमा १५ देखि २५ को हाराहारीमा बिरामी सेवा लिन आउँछन् । सबैभन्दा बढी झाडापखाला, सामान्य रुघाखोकीका बिरामी छन् । अहिले प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा ११ कर्मचारी छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस