• जीवनशैली | Jiwanshaili
  • थप १८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस