• जीवनशैली | Jiwanshaili
  • जापानमा पहिरोमा परेर ९ जनाको मृत्यु, २० जना बेपत्ता


    एजेन्सी । जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता छन् ।

    जापानका ३ वटा प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् । सम्भावित क्षतिलाई मध्यनजर गर्दै १ लाख ५० हजार सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी बर्षाले पानी बस्तीमा पसेकाले हजारौं घर डुबानमा परेका हुन् । पहिरो प्रभावित क्षेत्रमा यातायात र बिजुली आपुर्ति समेत बन्द हँुदा त्यहाँको जनजीवन थप कष्टकर बनेको छ ।

    यसैबीच बर्षा र पहिरोको चपेटामा परेका जनातामाथि सहानुभुती प्रकट गर्दै प्रधानमन्त्री योशीहिदेले संयमता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री योशिहिदेले प्रभावित जनताका लागि उचित राहत दिन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

     


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस