गोरखामा तीनजनामा कोरोनाको नयाँ रुप डेल्टा भेरिएण्ट पुष्टि
गोरखा । गोरखाको बारपाकका तीनजनामा कोरोनाको नयाँ स्वरुप डेल्टा भेरिएण्ट पुष्टि भएको छ।
गत जेठ १४ गते पीसीआर परीक्षण गरिएकामध्ये तीन जनामा ‘डेल्टा भेरियन्ट’ पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सिनियर अहेब मोदराज भट्टका अनुसार डेल्टा भेरियन्ट पुष्टि भएका भनिएका तीनजना महिलाको अवस्था अहिले सामान्य छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएका पाँच वटा नमुनामध्ये तीनजनामा डेल्टा भेरियन्ट पुष्टि भएको हो। ‘त्यतिबेला केही लक्षण पनि थियो। परीक्षण गर्दा रिपोर्ट पोजेटिभ पनि आएको थियो’, भट्टले भने, ‘उनीहरु होम आइशोलेसनमा बसेका थिए। तर अहिले केही लक्षण छैन। उनीहरु सबै काममा फर्किसकेका छन्।’ बारपाक गाउँमा नै कोरोना व्यापक भएपछि प्रदेश, जिल्ला र गाउँपालिकाको टोली पुगेर चेकजाँच सहित उपचार गरेको थियो।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार स्याङजाको कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुईजना पुरुषमा पनि डेल्टा भेरियन्ट देखिएको छ। यो भाइरस यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन आग्रह गरिएको शर्माले बताए।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस