• जीवनशैली | Jiwanshaili
  • आजको मौसमः यी स्थानमा भारी बर्षा हुुने


    आज२०७८ असार २८ गते सोमबार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १,बागमती प्रदेशका र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघ घर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।

    आज दििउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १(२ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    सोमबार राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १(२ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस