बाढीले पुल बगाउँदा चार गाउँका बासिन्दा नाकाबन्दीमा
अविरल वर्षासँंगै आएको बाढीले दुई झोलुङ्गे पुल बगाउँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बाका चार गाउँ नाकाबन्दीमा परेका छन् । अति विकटमा पर्ने गुम्बाको नेसमखोलाको झोलुङ्गे पुल बगाउँदा तेम्बाथाङ, दीपु, निमाडोल्मा र साघुलिङसहित चार गाउँका दुई सयभन्दा बढी बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका हुन् ।
तेम्बाथाङ र गुम्बागाउँ जोड्ने नेसमखोलाको झोलुङ्गेपुल यही असार १ गतेको बाढीले बगाएको थियो । त्यस्तै वडा नम्बर २ गोल्चे र गुम्बा जोड्ने दीपुस्थित अर्को झोलुङ्गेपुल दुई दिनअघिको बाढीले बगाएको थियो । जुगल हिमशृङ्खलाको फेदीमा पर्ने उक्त बस्ती दुर्गम हुनाका साथै दैनिक वर्षा भइरहने हुँदा साउन लागेपछि मात्र अर्को झोलुङ्गेपुल निर्माण गर्नेतर्फ अघि बढ्ने गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस