• जीवनशैली | Jiwanshaili
  • भरुवा बन्दुकसहित २ जना पक्राउ


    वाग्लुङ– प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

    निसिखोला गाउँपालिका(४ माझपाखा बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय दल बहादुर चन्दलाई धनसारमा लुकाई राखेको १ थान एक नाले भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १२ वटा छर्रा तथा निसिखोला गाउँपालिका(४ थापागाउँ बस्ने ४६ वर्षीय नर बहादुर कुँवरलाई समेत १ थान एक नाले भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय झिवाखोला वाग्लुङबाट खटिएको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
    फाइल तस्वीर


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस