भारतमा सेल्फी खिच्दै गर्दा चट्याङ लागेर ११ को मृत्यु
भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको समयमा चट्याङ खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।
स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतकमा धेरैजसो युवा छन् ।जयपुरका कलेक्टर अनन्तसिंह नेहराका अनुसार चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । घाइतेहरुलाई सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ भर्ना गरिएको छ ।भारतको विभिन्न राज्यमा चट्याङ लागेर एकै दिन कम्तीमा ६७ जनाको मृत्यु भएको जनाइएको छ ।
उत्तर प्रदेशमा ४०, राजस्थानमा २० र मध्यप्रदेशमा ७ जनाको मृत्यु भएको हिन्दुस्तान दैनिकको अनलाइन संस्करणमा उल्लेख छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस