ऋषिङ छ दिनदेखि अन्धकारमय
बाढीपहिराका कारण ऋषिङ गाउँपालिकावासी छ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । यही असार २३ गते रातिदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा विद्युत् खम्बा ढलेपछि विद्युत, खानेपानी र सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बाढीपहिरोले वडा नं ४, ५ र ८ मा बढी क्षति भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
विद्युत् लाइन नहुँदा मोबाइल चार्ज गर्न नपाउँदा सम्पर्क बिच्छेद भएको छ । स्थानीयवासी एक वडाबाट अर्को वडामा आवतजावत गर्न समस्या भएको छ भने झापुटार–काँहुशिवपुर चालिसे मार्गको ठाउँ ठाउँमा पहिरा खसेर अवरुद्ध हुँदा रामार्गसँग बिच्छेद बनेको उनले बताए ।
खानेपानीको पाइप पहिराले बगाउँदा स्थानीयवासी टाढाबाट कुँवा र धाराको पानी ल्याएर खानुपर्ने अवस्था छ । उक्त गाउँमा परिहाबाट ऋषिङ–७ डढीवनमा पहिराले पुरेर ५० वर्षीया देवीसरा थापा र ऋषिङ–८ माझकोटका गाउँपालिकाका ३८ वर्षीय सुरक्षा गार्ड खुमबहादुर आलेको मृत्यु भएको थियो । ऋषिङगाउँपालिका–८ अजम्बरी मन्दिर क्षेत्रमा रहेका पुराना संरचना पहिराले बगाएर क्षति भएको छ । निर्माण गरिएको नयाँ मन्दिरबाहेक पुराना कुवा तथा मन्दिर पहिराले पूर्ण क्षति भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाभित्र १८ घरपरिवार पूर्ण क्षति भए पनि खाद्यान्न बाली केकति क्षति भयो त्यसको तथ्याङ्क लिने कार्य भइरहेको उनले बताए । तत्कालै अवरुद्ध सडक खुलाउनसक्ने अवस्था नभएकाले तत्कालका लागि आवतजावत गर्न बाटो खुलाउन पहल भइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाले अवरुद्ध सडक खुलाउन चाहे पनि पानी परिरहेकाले पहिरा हटाउन तथा पीडित परिवारलाई राहत वितरण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । अहिले बढी मूल्यमा खाद्यान्नलगायतका वस्तु खरीद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस