सामूहिक सूर्यमुखी खेती
चार युवा मिलेर सूर्यमुखी खेती थालेका छन् । म्याग्दे गाउँपालिका–३ स्थित पसले कोसेटारका युवाले खाने तेलको मूल्य दिन प्रतिदिन बढ्दै जान थालेपछि आत्मनिर्भर बन्ने उद्देश्यल खेती थालेका हुन् । स्थानीयवासी राम घिमिरे, दीपक रामदाम, प्रतिक श्रेष्ठ र मनबहादुर आले मिलेर सूर्यमुखी खेतीको साथै ड्राइभिङ ट्रेनिङ सेन्टर र ह्याप्पी खाजा घरसमेत सञ्चालन गर्दै आएका छन् । रोजगारीका सिलसिलामा नौ वर्ष साउदीमा समय बिताएका घिमिरेले स्वदेशमै बसेर परिश्रम गरी केही गरौँ भन्ने सोचका साथ काम गर्न लागिएको बताए ।
बालबालिकालाई मनोरञ्जन प्रदान गर्न खाजाघर परिसरमा बालोद्यान निर्माण हुने भएको छ । करीब छ रोपनी आफ्नै जग्गामा उद्यान बनाउन लगिएको हो । आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले बालोद्यान बनाइन लागिएको सञ्चालक दीपक रामदामले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस