हार्मोनी ओएसका प्रयोगकर्ताको संख्या एक महिनामै ३ करोड नाघ्यो
एजेन्सी । चिनियाँ प्रविधि कम्पनी ह्वावेले आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ सार्वजनिक गरेको एक महिनाको अवधिमा प्रयोगकर्ताको संख्या ३ करोड पुगेको छ ।
संयुक्त राज्य अमेरिकाले विगत दुई वर्षदेखि ह्वावेलाई आफ्ना प्रविधि प्रयोगमा प्रतिबन्धमा लगाएको छ । जसका कारण ह्वावेले गुगलका विभिन्न सेवाका साथै अपरेटिङ सिस्टम एन्ड्रोइडसमेत प्रयोग गर्न पाएको छैन । प्रतिबन्धको प्रत्यक्ष असर ह्वावेको व्यवसायमा पनि परेको छ । अमेरिकाले सन् २०१९ मा ह्वावेलाई कालोसूचीमा राखे लगत्तै कम्पनीले हार्मोनी ओएस ल्याएको थियो ।
तर, यो पूर्णरुपमा गुगलको एन्ड्रोइडमै आधारित भएर निर्माण गरिएको थियो । तर, सँगै ह्वावेलाई अमेरिकी कम्पनीले निर्माण गरेको कुनै पनि प्रडक्ट प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध गरियो । त्यसपछि कम्पनीले एन्ड्रोइडमा आधारित भएर हार्मोनी ओएस विस्तार गर्ने अवस्था रहेन । उसले सन् २०१६ बाटै हार्मोनी ओएस निर्माणको काम सुरु गरेको थियो । एन्ड्रोइडको ब्याकअपका रुपमा विभिन्न आईओटीमा आधारित डिभाइसमा हार्मोनी ओएस प्रयोगमा ल्याउँदै आएको थियो ।
अब कम्पनीले त्यसलाई अझ परिस्कृत गरी बुधबार सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अब यसमा आधारित भएर डेभलपरहरुले सहज रुपमा विभिन्न प्रडक्ट निर्माण गर्न सक्नेछन् । ओपनसोर्सको रुपमा उपलब्ध गराइएको हार्मोनी ओएस गुगलको एन्ड्रोइड, एप्प्लको आईओएसभन्दा पूर्णरुपमा फरक रहेको छ । यो ओएस हाल कनेक्टेड डिभाइसको बढ्दो मागलाई मध्यनजर गरेर निर्माण गरिएको छ ।
यसले हाल एप्पलको जस्तै आफ्नै छुट्टै प्लेटफर्म निर्माण गरी प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न सहयोग पुर्याउनेछ । यो ओएस कम्पनीले यो वर्षको अन्त्यसम्म ३० करोड प्रयोगकर्तालाई उपलब्ध गराउने जनाएको छ ।
क्याटेगोरी : प्रवास, प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस