कोरोना विरुद्धको खोप लगाउन छुटेका काठमाडौंका पत्रकारलाई भेरोसेल खोप दिइने
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका काठमाडौंका पत्रकारहरुलाई यही असार २९, ३० र ३१ गते पहिलो डोज खोप दिइने भएको छ ।
पहिलो चरणमा खोप लगाउन छुटेका पत्रकारहरुलाई काठमाडौंको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भेरोसेल खोप दिइने नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले जनाएको छ । उनीहरुलाई महासंघले प्रदान गरेको परिचयपत्र तथा सूचना विभागले जारी गरेको प्रेस प्रतिनिधि कार्डका आधारमा खोप दिइनेछ ।
सरकारले यसअघि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीसँगै पत्रकारलाई पनि पहिलो चरणको अभियानअन्तर्गत कोभिसिल्ड खोप दिएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस