• जीवनशैली | Jiwanshaili
  • डेमोक्रेसी आई लभ यु


    विपक्षी गठबन्धन निकट विद्यार्थी सङ्गठनहरूले सर्वोच्च अदालतको फैसलाको समर्थनमा उपत्यकामा प्रदर्शन गरेका छन् । काठमाण्डौँको प्रदर्शनी मार्गमा नेविसंघ लगायतका विद्यार्थी सङ्गठनहरूले सर्वोच्च अदालतले संसद् पुन स्थापनाका साथसाथै देउवालाई प्रधानमन्त्री बनाउन जारी गरेको परमादेशको स्वागत गर्दै जुलुस गरेको हो । प्रदर्शनमा सर्वोच्चलाई धन्यवाद । डेमोक्रेसी आई लभ यु लगायतका नारा हरिलगाएका  थिए ।   यसै वीच  सर्वोच्च अदालत लेगरेको  फैसलाको विरोध गर्दै नेकपा एमाले केपी ओली समर्थित विद्यार्थी सङ्गठन अनेरास्ववियुले काठमाडमा  प्रदर्शन गरेको छ । ओली निकट विद्यार्थीहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस