माईतीघरमा नेविसंघकाे दिपावली
सर्वोच्च अदालतको फैसलाको समर्थनमा उपत्यकामा नेविसंघले दिपावली गरेको छ । काठमाण्डौँको माईतीघरमा उपस्थित विद्यार्थीहरुले सर्वोच्च अदालतले संसद पुनस्थापनाका साथसाथै देउवालाई प्रधानमन्त्री बनाउन जारी गरेको परमादेशको स्वागत गर्दै दिपावली गरेको हो । सर्वोच्च अदालतले गरेको फैसलाको पक्ष र विपक्षमा उपत्यकामा दिउँसो देखि प्रदर्शन भएका थिए । सर्वोच्चको फैसलाको विरोध गर्दै नेकपा एमाले केपी ओली समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले काठमाण्डौँमा प्रदर्शन गरेको थियो । ओली निकट विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । यस्तै विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले पनि सर्वोच्च अदालतको फैसलाको समर्थनमा उपत्यकामा प्रदर्शन गरेका छन् ।





क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस