प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना
वीरेन्द्रनगरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो । यो कर्णाली प्रदेशकै पहिलो पानी परीक्षण प्रयोगशाला हो । कर्णालीमा प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता थियो ।
पूर्वाधार विकास निर्देशनालयका प्रमुख प्रभाकरप्रसाद सिंहले प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रमअनुसार ठूलो क्षमताको प्रयोगशाला स्थापना गरिएको जानकारी दिए । उनका अनुसार रु एक करोड ७३ लाख ३० हजार लागतमा प्रयोगशाला स्थापना भएको हो । ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गत रहनुपर्ने भए पनि तत्काललाई प्राविधिक कारण भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमातहत सञ्चालन गर्नुपरेको निर्देशनालय प्रमुख सिंहको भनाइ छ ।
भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापाले हरेक नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित गर्न प्रदेश सरकारले प्राथमिकताका साथ प्रयोगशाला स्थापना गरेको बताए। “पिउने पानीको स्वच्छता उपभोक्ताले थाहा पाउनैपर्छ, पानीको गुणस्तर परीक्षण नहुँदा उपभोक्ताले दूषित पानी उपभोग गर्नुपरेको छ”, उनले भने, “सुर्खेतमै प्रयोगशाला हुँदा पानीजन्य रोगको पहिचान र त्यसको निरुपण गर्न धेरै सहज हुनेछ ।”
प्रयोगशालाका लागि कम्तीमा तीन जना जनशक्ति आवश्यक रहेको बताइएको छ । प्रयोगशाला प्रमुखका लागि रसायन विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति, खानेपानी ल्याब प्राविधिक र एक सहयोगी कर्मचारीका लागि दरबन्दी सिर्जना गरिएको छ । आगामी भदौ महिनाभित्र करार जनशक्तिको व्यवस्थापन गरिसक्ने मन्त्रालयले जनाएको छ ।
–––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस