गुर्जो रोपणलाई विस्तार गरिँदै
काठमाडौँ उपत्यकामा केन्द्रित रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने वनस्पति गुर्जो रोपणलाई उपत्यका नजीकका जिल्लामा विस्तार गर्न थालिएको छ । देशव्यापी गुर्जो रोपण अभियान शुरु गर्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको केन्द्र नवलपुरमा गुर्जो रोपणलाई विस्तार गरेका हुन।
आइतबार इन्द्रावती गाउँपालिकामा आयोजित कार्यक्रममा १०० वटा गुर्जोका बिरुवा रोपिएको छ । बालादेवी सामुदायिक वन क्षेत्रमा गुर्जोका बिरुवा रोपिएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यसअघिका पुस्ताले जडीबुटीकै औषधि उपयोग गरेर निरोगी बन्ने गरेकामा त्यसको उपयोगिता सिक्न नसक्दा पछुताउनुपर्ने अवस्था आएको सुनाए । गुर्जो अभियानकर्मी राजलवटले पहाडमा पाइने गुर्जो र तराईको गुर्जो फरक रहेको बताए । तराईको गुर्जो औषधीय गुणका लागि बढी उपयोगी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिका–४ का अध्यक्ष जगतमान ताल्चाभँडेल, वडा सदस्य दयाकुमारी मिश्र, योग शिक्षक अच्युत अर्याललगायतले गुर्जोका उपयोगिताका बारेमा स्थानीयवासीलाई जानकारी गराएका थिए । सो अवसरमा गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो औषधि वितरण गरिएको थियो । यसैबीच ललितपुरको बटुक भैरवनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्थानीयवासीलाई करीब १०० बिरुवा गुर्जो वितरण गरिनुको साथै मन्दिर नजीकै रहेको नेपाली सेनाको गणमा रोप्नका लागि पनि २०० बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस