इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु
एजेन्सी । इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।
इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी भएको हो । आगो लाग्नुको कारण खुलेको छैन । तर अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको हुन सक्ने अनुमान छ ।
तीन महिनाअघि मात्रै बनाइएको अस्पतालमा आगलागी भएको हो । आगलागीबाट ७० वटा शय्या जलेका बीबीसीले जनाएको छ । आगलागी पछि अस्पतालबाहिर बिरामीका परिवार तथा आफन्तले प्रदर्शन गरेका छन् ।
इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस