जोन्सन एन्ड जोन्सनको खोप साउन ४ गतेदेखि लगाइने
काठमाडौं । अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सनको कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।
कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक जोड मात्रै दिइने जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिने निर्णय गरेको हो ।
अमेरिकाबाट हिजो जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता वर्ग क र ख भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने सोमबार नै सरकारले निर्णय गरेको थियो ।
आजदेखि काठमाडौँमा चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिसकिएको छ । ५५ वर्षदेखि माथिका नागरिक र विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सर्वाजनिक यातायातमा कार्यरत चालक र सहचालक, खोप लगाउन छुटेका अत्यावश्यक सेवामा कार्यरत कर्मचारी, खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइनेछ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस