जापानले नेपाललाई कोरोना विरुद्धको खोप दिने
काठमाडौं । जापान सरकारले नेपाललाई कोरोना विरुद्धको खोप दिने भएको छ ।
जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपालसहितका देशलाई एक करोड १० लाख डोज एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । नेपाल,बङ्गलादेश, श्रीलङ्का, ताइवान, लाओस र इरानलाई कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा खोप दिन लागिएको खबरमा उल्लेख छ ।
जापानले आफ्नै देशमा उत्पादन भएको खोप दिन लागेको हो । एस्ट्राजेनेकाको खोपलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले स्वीकृति दिइसकेको छ । अनुदानको खोप पाउने सम्बन्धित देशमा खोप पठाउन प्रक्रिया सुरु भएको र छिटै पुग्ने जापान सरकारले जनाएको छ । जापानले दिने खोपबाट नेपालले १५ लाख डोज खोप पाउने अपेक्षा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालले यसअघि हिजो पनि कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट १५ लाख जोड जोनसन एण्ड जोनसनको खोप पाइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस