• जीवनशैली | Jiwanshaili
  • मनसुनी वायुको प्रभाव:भारी वर्षाको सम्भावना


    आज २०७८ असार ३० गते बुधबार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

    आज बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ।

    यस्तै आज बुुधबार राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित धेरै भारी वर्षाको सम्भावना रहेको छ


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस