फरार तीन प्रतिवादी चार वर्षपछि पक्राउ
वन पैदावर हानी नोक्सानी गरेको आरोपमा फरार तीन प्रतिवादीलाई प्रहरीले चार वर्षपछि आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ रामपुरकी ५० वर्षीया जीवा चौधरी, सोही ठाउँका ५२ वर्षीय धनबहादुर चौधरी र ६६ वर्षीया गौरी विश्वकर्मा रहेका छन् ।
विसं २०७४ फागुन १४ गते वन पैदावर हानी नोक्सानी मद्दामा सर्वोच्च अदालतले उनीहरुलाई जनही रु एक लाख ३८ हजार ९१७ जरिवाना गरेको थियो । अदालतको फैसलापछि फरार रहेका उनीहरुलाई आज घोराही उपमहानगरपालिका–२ बालापुरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । पक्राउ परेका तीनै जना प्रतिवादीलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस