दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमाको समर्थनमा प्रदर्शन हुँदा ४५ जनाको मृत्यु
एजेन्सी । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकब जुमाको समर्थनमा भएको प्रदर्शनका क्रममा ४५ जनाको मृत्यु भएको छ । मारिनेमा १० जना लुटपाटमा संलग्नहरु रहेका छन् ।
गत बिहीबारदेखि जारी प्रदर्शनले हिजो हिंसात्मक रुप लिएपछी ४५ जनाको मृत्यु भएको हो । प्रदर्शनकाबीच शहरका बिभिन्न शपिङ मलहरुमा लुटपाट हुन थालेपछी हालै परिचालन गरिएको सेना र प्रहरीले प्रदर्शनकारी र लुटेरा समुहमाथि गोली प्रहार गरेको बुझिएको छ । घटनामा सय भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकै क्रममा ८ सय जनालाई हिरासतमा लिइएको छ ।
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका हजारौं प्रदर्शनकारीहरुले यातायात सेवा र ब्यापार ब्यबसाय ठप्प पारी प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीहरुले पूर्वराष्ट्रपति जुमाका रिहाइ नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएको छ । यसैबीच, राष्ट्रपति सिरिल रामाफोसाले दक्षिण अफ्रिकामा सन् १९९० पछी भएको ठुलो हिंसात्मक घटनाको रुपमा ब्याख्या गर्दै स्थिती यस्तै रहे देशमा आपतकाल लागु गरिने चेतावनी दिएका छन् ।
पुर्वराष्ट्रपति जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि जुमालाई अदालतमा उपस्थित हुन आदेश दिईएको थियो । तर आदलतको आदेश नमानेपछि उनलाई अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो । त्यसपछि जुमा आफैं प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका हुन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस