साउदीमा कोरोना संक्रमणबाट थप १२ नेपालीको मृत्यु
काठमाडौं । साउदीमा गएको चार हप्तामा कोरोना भाइरसबाट थप १२ नेपालीको मृत्यु भएको छ ।
गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार गएको चार हप्तामा थप १२ नेपालीको साउदीमा कोरोनाबाट मृत्यु भएको हो । सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार भारतसहित विश्वभरका २८ देशमा रहेका ४ सय ४७ जना नेपालीको अहिलेसम्म कोरोनाबाट मृत्यु भएको छ ।
गैर आवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये १ लाख ११ हजार ४७ जना कोरोना मुक्त भएका छन् । सङ्घका अनुसार गएका चार सातामा अस्ट्रेलिया, साउदी अरब, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।
गैर आवासीय नेपाली सङ्घले कोरोना महामारी सुरु भए देखि नै विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा कोरोना सङ्क्रमित नेपालीको तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस