• जीवनशैली | Jiwanshaili
  • थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि,१८ जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जसमा भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौंमा २९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस