• जीवनशैली | Jiwanshaili
  • पाकिस्तामा बम विस्फोटमा परि १० जनाको मृत्यु


    एजेन्सी । पाकिस्तामा बुधबार भएको बम विस्फोटमा परि ६ जना चिनियाँ नागरिक सहित १० जनाको मृत्यु भएको छ ।

    पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुख्वा प्रान्तमा ३० जना चिनियाँ ईन्जिनियरहरु सवार बसमा विस्फोट हुदा १० जनाको ज्यान गएको हो । विस्फोट सडक छेउमा राखिएको कुनै उपकरणका कारण भएको वा बसमा नै विस्फोट गराईएको भन्ने बारे अनुसन्धान भैरहेको अधिकारीहरुले जानकारी दिएका छन ।

    विस्फोटमा परी अरु ३९ जना घाइते भएका छन् भने एक चिनिया ईन्जिनियर र एक सैनिक हराईरहेका छन् । घाइते अधिकांसको अवस्था गम्भीर रहेको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् । डासु ड्याम क्षेत्रमा जान हिँडेको बसलाई लक्षित गरि अज्ञात बन्दुकधारीहरुले हमला गरेका हुन् । घाइतेहरुलाई सुरक्षाकर्मीहरुले नजिकैको अस्पतालमा पुयाएका छन् ।

    अहिलेसम्म हमलाको कारण खुल्न सकेको छैन भने हमलाबारे अनुसन्धान जारी रहेको पाकिस्तानी प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस