एघार महिनामा एक हजारले गरे गर्भपतन
जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ ।
कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइएको छ । जिल्लामा जम्मा १६ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा दिने गरिएकामा अहिले १४ मा मात्रै उक्त सेवा रहेकोे स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी दिए ।
सदरमुकामा चाप एवं स्वास्थ संस्था बढी भएको हुँदा दिपायल सिलगढी नगरपालिकामा २४५ र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा पाँच जनाले सुरक्षित गर्भपतन गराएका छन् । यसैगरी आदर्श गाउँपालिकामा १६९, केआइसिंह गाउँपालिकामा १६२, शिखर नगरपालिकामा १२९ र जोरायल गाउँपालिकामा १२० महिलाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै सायल गाउँपालिकामा ७८, पूर्वीचौकी गाउँपालिकामा ६९ र बडिकेदार गाउँपालिकामा ३० ले सुरक्षित गर्भपतन गराएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस