घाँस काट्न जाने क्रममा लडेर मुत्यु
बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस्थामा आज उनको शव फेला परेको छ ।
कँडेल बुधबार दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाउँमा घाँस काट्न भनेर गएको र बेलुकासम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । खोजतलासका क्रममा उनि मृतावस्थामा फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए । शव परीक्षणका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस