बजाङमा बालबालिकालाई स्वाध्ययन सामग्री वितरण
वल्र्डभिजन र प्रगतिशील युवासमाजका साझेदारीमा बालबालिकालाई स्वअध्ययन सामग्री वितरण गरेको छ । जयपृथ्वी नगरपालिकाका तीन वडाका बालबालिकालाई बिहीबार सामग्री प्रदान गरिएको हो ।
कोभिड– १९ का कारण विद्यालय बन्द भएपछि विकट गाउँमा पठनपाठन ठप्प थियो । वैकल्पिक शिक्षा प्रदान गर्ने आधुनिक प्रणालीको पहुँचमा नपुगेका नगरका वडा नं ६, ८, ११ मा स्वअध्ययन सामग्री वितरण गरेसँगै पठनपाठनको ढोका खुलेको छ । शिक्षक र अभिभावकबाट बालबालिकालाई अध्यापन गराउने शिक्षण विधि स्वअध्ययन शिक्षण सामग्री बिहीबारदेखि वितरण गर्ने कार्यक्रम शुरुवआत गरिएको छ ।
विषम परिस्थितिमा विद्यालय बन्द हुँदासमेत बालबालिकाको पढाइलाई निरन्तरता दिने उद्देश्यले विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको हो । पहिलो चरणमा जयपृथ्वी नगरपालिका– ६, ८ र ११ मा वल्र्डभिजन र प्रगतिशील युवासमाजले अभियान सञ्चालन गरेका हुन् । जयपृथ्वी नगरपालिकाको उक्त वडामा रहेका बालबालिका तथा अविभावकलाई अविभावक सचेतना रेडियो कार्यक्रम सञ्चालन गरी कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई स्व–अध्ययन सामग्रीसमेत वितरण गर्ने अभियान शुरु गरिएको प्रगतिशील युवासमाजका कार्यक्रम अधिकृत यज्ञराज जोशीले बताए ।
साथै नगरपालिकाका तीन वटा वडाका ७४४ जना बालबालिकालाई उक्त सामग्री वितरण गरेको र अब जयपृथ्वी नगरपालिकामा दुई हजार बालबालिका र केदारस्युँ गाउँपालिकामा दुई हजार गरी चार हजार बालबालिकालाई स्वअध्ययन सामग्री वितरण गरिनेसमेत जोशीले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस