• जीवनशैली | Jiwanshaili
  • थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा १७७५ जनामा संक्रमणमुक्त भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट भएको परीक्षणमा ६ लाख ६४ हजार ५७६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ४७ हजार ७ सय ९७ पुगेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।

    यस्तै मृतकको कुल संख्या ९ हजार ५०६ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस