फरार अभियुक्त पक्राउ
कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरिएको जानकारी दिए । उनले अपराधपछि फरार रहेका रानालाई घर वरपर लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला अदालत पेश गरिएको बताए । “अदालतबाट पनि निजलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ”, उनले भने, “प्रहरीले फरार अभियुक्त पक्राउ गर्न जिल्ला भर सक्रियता बढाएको छ ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस