म्यानमारमा भएको आन्दोलनमा ७५ जना बालबालिका मारिएको राष्ट्रसंघको दावी
एजेन्सी । संयुक्त राष्ट्रसंघले म्यानमारमा भएको आन्दोलनका क्रममा ७५ जना बालबालिका मारिएको जनाएको छ ।
हालै एक प्रतिवदेन सार्वजनिक गर्दै राष्ट्रसंघले म्यानमारमा जननिर्वाचित सरकार अपदस्त गरेर सेनाले सत्ता हात लिएसँगै भएको आन्दोनलका क्रममा एक सय भन्दा बढी बालबालिका सुरक्षाकर्मीले हिरासतमा लिएको जनाएको छ । जारी राजनीतिक अस्थिरताबीच पाँच महिनाअघि कोराना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा लगाइएको उल्लेख छ । गत फेब्रुअरीदेखि म्यानमारमा सैनिक शासनविरुद्ध भएको आन्दोलनका क्रममा ती बालबालिका मारिएको राष्ट्रसंघीय बाल अधिकार समितिले जनाएको छ ।
एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै समितिले करिब एक हजार भन्दा बढी पक्राउ परेको जनाएको छ । समितिका सभापति मिकिको ओटानीले प्रतिवदेन सार्वजनिक गर्दै सैनिकको कुटपिटका कारण धेरै बालबालिकाको मृत्यु भएको दावी गरे । उनले सेनाले नियन्त्रणमा लिएर पनि यातना दिँदा अधिकांश बालबालिकाको मृत्यु भएको बताए । सैनिक कारवाहीका क्रममा देशभरका स्वास्थ्य संस्था, विद्यालय र अन्य सरकारी संरचनाहरुमा ठूलो क्षति भएको बताइएको छ ।
सेनाले अझै पनि बालबालिकालाई झुटा मुद्दा लगाएर नियन्त्रणमा लिने क्रम नरोकिएको प्रतिवदेनले औंल्याएको छ । लामो समयको आन्दोनका कारण म्यानमारमा आगामी दिनमा ४० हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार हुने पनि राष्ट्रसंघले औंल्याएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस