• जीवनशैली | Jiwanshaili
  • कोरोना विरुद्धको खोप खरिदका लागि बागमती प्रदेशले छुट्यायो दुई अर्ब


    हेटौंडा । बागमती प्रदेशले कोरोना भाइरसविरुद्धको खोप खरिदको लागि दुई अर्ब रुपैयाँ छुट्याएको छ ।

    चालु आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन पुग्ने गरी खोप खरिदलाई रकम छुट्याएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताईन् । मन्त्री बस्नेतले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएकी छिन् ।

    कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि संक्रमितलाई उपचार गर्न अस्पतालमा शय्याको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकारले गरिरहेको जानकारी दिइन्। प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने जनाउँदै उनले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको उनले बताईन् ।

    उनले खोप खरीदका लागि प्रदेश सरकारले पनि पहल गरिरहेको र संभव नभएमा संघीय सरकारसँग सहकार्य गरेर खोप ल्याउने प्रतिवद्धता जनाइन्। उनले कोरोना संक्रमणबाट सुरक्षित रहन स्वास्थ्य मापदण्डको पालना गर्नसमेत आग्रह गरिन्।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस